सम्झना भण्डारी र अर्जुन कुवरको आयो सबैलाई नचाउने तीज गित आउ नाचौ माया

पछिल्लो समयमा निकै चर्चामा आएका र ब्यस्त कलाकार अर्जुन कुवर ( पित्री बुढो) र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा ” आउ नाचम माया” बोलको मौलिक तिज गित भर्खरै मात्र सार्बजनिक भएको हो। उक्त गित अर्जुन कुवर( पित्री बुढो)को प्रस्तुती रहेको छ।

चर्चित सर्जक गणेश अधिकारी को शब्द रहेको यो गितमा अर्जुन कुवर ( पित्री बूढो) आफैले लय सिर्जना गरेकाछन।एरेन्जर महेन्द्र भण्डारी को एरेन्ज रहेको यो गित मालाश्री स्टुडियो मा रेकर्ड गरिएको हो, जसमा रेकर्डडिस्ट बिमल छिनाल रहेका छ्न भने खड्क बाजुरालिले ध्वनि मिश्रण गरेका छन। यश गितमा चर्चित मोडल रिना थापा मगर, लोमश शर्मा, अर्जुन कुवर( पित्री बूढो) र सर्मिला रायमाझी ( कुटुनी बुढी)र बाल कलाकार सभिरा बोहोरा को दमदार अभिनय रहेको छ। चर्चित निर्देशक स्मृती तिमिल्सिना ( गुरुआमा) को निर्देशन रहेको तिज गितमा सुरेश श्रेष्ठ को छायांकन प्रकाश धमलाको सम्पादन र सरिता मगरको श्रृङ्गार रहेको छ।

यो गित अरुभन्दा बिल्कुलै फरक र गाउँ ठाउमा गाउने मौलिक खालको रहेको कलाकार अर्जुन कुवरले बताएका छ्न। शिव दर्शन फिल्मस ले बजार ब्यबस्थापन गरेको यो गित शिबदर्शन फिल्मस नामको अफिसियल युट्टुब च्यानल बाट सार्बजनिक भएको छ।हेर्नुहोस उक्त गितको पूरा भिडियो।

Leave A Reply

Your email address will not be published.