६ वर्षदेखि उपचार नपाएका बालकको भगवान बन्दै स्वास्थ्यकर्मी होम पल्ली

गुल्मी : आर्थिक अभावका कारण विगत ६ वर्षदेखि अज्ञात रोगले ग्रसित गुल्मीका एक बालकलाई जिल्लाका स्वास्थ्यकर्मीले निःशुल्क उपचार गरिदने भएका छन् । जिल्लाको रेसुंगा नगरपालिका वडा नं. १० का कान्त कुँवरको सबै उपचार खर्च स्वास्थ्यकर्मी होम पल्लीले व्यहोर्ने भएका हुन् ।


परिवारको आर्थिक अवस्था कमजाेर हुँदा कुँवरले विगत ६ वर्षदेखि उपचार पाएका थिएनन् । घरपरिवारले दम रोग बताउँदै आएता पनि उनको स्वास्थ्य परीक्षण गर्दा रक्तअल्पता र थाइराइडमा समस्या देखिएको छ । जिल्लामा उनको उपचार सम्भव नभए जिल्ला बाहिर पठाउने र सम्पूर्ण खर्च आफूले व्यहोर्ने स्वास्थ्यकर्मी पल्लीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै १२ वर्षीय कान्तले पनि सबैलाई धन्यवाद दिएका छन् । कुँवरको अवस्थाबारे केही दिन अघि जिल्लाका संचारकर्मी बस्नेत र पाण्डेले सार्वजनिक गरेसंगै उनको उपचार सम्भव हुने भएको हो । उनको अहिले जिल्लाको शुभलक्ष्मी फर्मामा उपचार भइरहेको छ ।

यता कुँवरका परिवार पनि निकै हर्षित भएका छन् । लामो समयसम्म उपचार नपाएर जीवन बिचल्लीमा परेका परिवार निःशुल्क उपचार पाउँदा हर्षीत बनेका हुन् । उनका बुवा पुनराम कुँवरले भने , ‘मेरा लागी डाक्टर साब र जिल्लाका संचारकर्मी मोहन बस्नेत र बाबुराम पाण्डे भगवान जस्तै हुन् ।

Leave A Reply

Your email address will not be published.