कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त पक्राउ परिसकेको बताउँदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

सालघारीका स्थानीय महिलाका अनुसार अभियुक्तले हत्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भित्र्याएका थिए । मृतक बालिकाको शव महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।

‘पक्राउ परेका युवाले अत्याधिक मदिरा सेवन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको छ।’ -उज्यालो अनलाइनबाट

Leave A Reply

Your email address will not be published.