कोरियामा रास्वपाकाे ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन,सभापतिमा जीपी र महामन्त्रीमा अवधेष चयन
दक्षिण कोरियाको सिओल स्थित नमस्ते रेष्टुरेन्टको हलमा रास्वपा ( राष्ट्रिय स्वतन्त्र पार्टी काे प्रवास नेपाली सम्पर्क विभाग गठन भएको छ।
जुलाई १५ तारिख अथवा हिजाे आतबार
“राष्ट्रिय स्वतन्त्र पार्टी” का सभापति तथा नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री श्री रबि लामिछानेको प्रमुख अतिथिमा विभाग गठन कार्यक्रम सम्पन्न भएको हाे। त्यसैगरी कार्यक्रममा रास्वपाका उपसभापति तथा विदेश विभाग प्रमुख डि.पि.अर्याल पनि विशेष आतिथिका रुपमा रहेका थिए। साथै विदेश विभागका उपप्रमुख यम श्रेष्ठको पनि सहभागी थिए। भर्चुअल र भाैतिक रुपमा कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिण कोरिया प्रवास नेपाली सम्पर्क विभाग कमिटी गठनबाट चयन भएका कार्यसमितिका पदाधिकारी निम्न रहेका छन्।
सभापति – जि.पि. तिमल्सिना
उप-सभापति- राजन श्रेष्ठ
महा मन्त्री – अवधेष राज चौरसिया
सह महामन्त्री- अर्जुन जागरी
कोषाध्यक्ष – डा.लोक आचार्य
सह कोषाध्यक्ष – लक्ष्मण पौडेल
सदस्य – मनोज चापागाई
सदस्य – कमल बिश्वकर्मा
सदस्य – सुस्मिता खड्का
सदस्य – युविन श्रेष्ठ
सदस्य – संजोग राइ रहेका छन् ।
त्यस्तै नेपाल तराई समाज दक्षिण कोरिया ,नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया,ओएनयफ प्रवासी नेपाली कमिटी, रामेछाप सम्पर्क समिति ,काभ्रे समाज दक्षिण कोरिया, नुवाकोट समाज दक्षिण कोरिया, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, चितवन सम्पर्क समिती दक्षिण कोरिया, लगाएत संस्थाका केही पदाधिकारीहरुकाे उपस्थित रहेकाे थियाे।
त्यसैगरी प्रवास नेपाली सम्पर्क बिभाग ११ सदस्सिय समिती सहित गठन भइ पदाधिकारीहरुको कार्य
समिती निर्माण भयको छ ।